दोश्रो चरणको निर्वाचन हुने दिन असार १४ गते सार्वजनिक बिदा

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाडौँ, ८ आसार । दोश्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन हुने प्रदेश नं। १, ५ र ७ मा यही असार १४ गते सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृहमन्त्रालयले आज जारी गरेको सूचनामा ती प्रदेशहरुमा यही असार ११ देखि १४ गते सम्म चार दिन सबै शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेको जनाएको छ । रासस