बैतडी, ९ असार । निर्वाचन आयुक्त सुधीरकुमार शाहले असार १४ गते हुन गइरहेको निर्वाचन बैतडीमा शान्तिपूर्ण ढङ्गबाट सम्पन्न गर्नका लागि जिल्लाको शान्तिसुरक्षाको अवस्था सन्तोषजनक रहेको बताएका छन ।आज जिल्लाको शान्तिसुरक्षा अवस्था अनुगमन गर्न बैतडी आइपुग्नुएका आयुक्त शाहले यस्तो बताएका हुन। निर्वाचनको ज्यादै ठूलो महत्व भएकाले ढुक्कसँग कसैको डर–त्रास नमानी मतदान गर्न उनले आम मतदातालाई आग्रह गरे।
पत्रकारले सोधेका जिज्ञासामा उनले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नु राम्रो कुरो नभएको भन्दै कडाभन्दा कडा कारवाही गरिने बताए । निर्वाचन आयुक्त शाहको उच्चस्तरीय टोली निर्वाचन अनुगमनको क्रममा कैलाली, कञ्चनपुर हँुदै बैतडी पुगेको हो ।