अायो “छक्का पन्जा दुई”को ट्रिजर

arjun Entertainment/मनोरञ्जन , Latest Update , News/समाचार , Others/अन्य , न्युज बैंक बिषेश , ७ वर्ष अगाडि

न्युज बैंक नेपाल, काठमाडौं । अत्यन्त चर्चामा रहेको दिपक – दीपाको अर्को नेपाली चलचित्र “छक्का पन्जा २” को ट्रिजर रिलिज गरिएको छ ।हालै मात्रा छायांकन सकिएर सम्पादनमा रहेको यस चलचित्रलाई फेरी पनि दीपाश्री निरौलाले निर्देशन गरेकी छिन । अधिकान्स कलाकार पुरानै रहेको “छक्का पन्जा २” मा केही नयाँ कलाकार समेत रहेका छन । चलचित्र ” लव लव लव ” कि नव नायिका स्वस्तिमा खड्का प्रमुख नायिकामा देखिने पाइने यो चलचित्रमा स्वस्तिमा खड्का को श्रीमान निश्चल बस्नेत लाई पनि देख्न सकिन्छ । निस्चल बस्नेत “लुट र लुट २”का निर्माता हुन । यि दुबैको पहिलो स्क्रिन रोमान्स “छक्का पन्जा २” मा हेर्न पाईन्छ । चलचित्र “छक्का पन्जा २” मा बिल्कुल नयाँ कथा रहनेछ, अघिल्लो फिल्मको भन्दा अलग प्रकारको हुनेछ । चलचित्र “छक्का पन्जा २” अशोज ११ गते बाट नेपाल भरीका सबै सिनेमाघरमा एकसाथ प्रदर्सन गरिनेछ । हेरौ भिडियो ।