निर्वाचन आचारसंहिता विपरित नचल्न गृहमन्त्रीलाई युवा संघको चेतावनी

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाण्डौ,९ असार ।प्रमुख प्रतिपक्ष दल एमालेनिकट युवा संघ, नेपालले गृहमन्त्री जनार्दन शर्मालाई निर्वाचन आचारसंहिता विपरित नचल्न चेतावनी दिएको छ । युवा संघ, नेपालले सरकारबाटै निर्वाचन आचार संहिताको धज्जी उडाउने काम भएको आरोप लगाउँदै आपत्ति पनि जनाएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघका अध्यक्ष राजीव पहारीले निर्वाचन आचारसंहिता उलंघन गर्ने काम गृहमन्त्री शर्माबाट भएको आरोप लगाउँदै तत्काल कार्वाही गर्न निर्वाचन आयोगसँग माग पनि गरे । युवा संघ, नेपालले गृहमन्त्री शर्माले बाँकेको विभिन्न गाउँमा राति समेत निर्वाचन आचारसंहिता विपरित चुनावी सभामा सहभागी भएकाले कार्वाही गर्नुपर्ने माग गर्दै आएको छ ।

अध्यक्ष पहारीले सत्तारुढ काँग्रेस र माओवादी केन्द्रले निर्वाचनमा जुटेका आफ्ना संगठनका नेता, कार्यकर्तामाथि आक्रमण गर्ने प्रयास गरेको आरोप पनि लगाए । उनले गुल्मीको चुनावी प्रचार अभियामा जुटेका आफना २ जना कार्यकर्तामाथि नेपाली काँग्रेसका कार्यकर्ताले सांघातिक आक्रमण गरेर कानूनी राज्यको धज्जी उडाएको आरोप पनि लगाए ।