जनप्रतिनिधिलाई मोबाइल फोन बाँड्ने निर्णय तत्काल कार्यान्वयन नगरिने

arjun Business/अर्थ ब्यापार , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाडौँ, १०  असार । काठमाडौँ महानगरपालिकाले स्थानीय निकायका जनप्रतिनिधिलाई मोबाइल फोन बाँड्ने निर्णय तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ । चर्को आलोचनापछि नगर कार्यपालिकाका सदस्यलाई मोबाइल बाँड्ने निर्णय तत्काल कार्यान्वयन नगर्ने निर्णय केही समयअघि महानगरका प्रमुख विद्यासुन्दर शाक्यसहितको बैठकले गरेको छ ।

महानगरको हालै बसेको नगर कार्यपालिकाको बैठकले जनप्रतिनिधिलाई रु ३० हजारको मोबाइल बाँड्ने निर्णय गरेको थियो । यसको चौतर्फी आलोचनापछि कार्यान्वयन नगर्ने निर्णय गरिएको हो । काठमाडौँ महानगरपालिकाको बोर्ड बैठकले ८८ वर्ष उमेर पुगेका वृद्धवृद्धालाई घरमै स्वास्थ्य सेवा दिने निर्णय गरेको छ । असार १५ गतेदेखि चिकित्सकको टोली पठाएर वृद्धवृद्धाको घरमै स्वास्थ्य जाँच गर्ने महानगरले निर्णय गरेको छ ।