रक्त सञ्चार सेवा अब ताहाचलबाट सञ्चालन हुने

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाडौँ, ११ असार । नेपाल रेडक्रस सोसाइटीले ललितपुरस्थित ग्वार्कोमा रहेको अस्थायी रक्त सञ्चार सेवा केन्द्रलाई ताहाचलस्थित आफ्नै केन्द्रीय कार्यालयबाट सञ्चालन गर्ने भएको छ । यसका लागि अस्थायी प्रिफेव भवन निर्माण सुरु गर्न लागिएको र तीन महिनाभित्र भवन निर्माण सम्पन्न भइसक्ने सोसाइटीका उपमहामन्त्री हरि न्यौपानेले जानकारी दिए।

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले भृकुटीमण्डमा रहेको सेवा केन्द्रको भवनलाई पूर्ण क्षति पु¥याएपछि सोसाइटीले तत्काल सेवालाई अवरुद्ध हुन नदिन ग्वार्कोबाट सेवा प्रवाह गरेको थियो । स्वयंसेवी रक्तदाता एवम् रगतको खाँचो परी रगत लिन जानेहरुले सो स्थान अपायक भएको गुनासोलाई ध्यानमा दिई पुन केही समयका लागि स्थान सार्न लागिएको उनले बताए।अर्कोतर्फ भृकुटीमण्डपमा नै विश्वस्वास्थ्य सङ्गठनको मापदण्डअनुसार नयाँ भवन निर्माण गर्ने कार्य पनि सोसाइटीले एकै साथ अगाडि बढाएको छ ।