बालिका बलात्कार पछि हत्या गरेका श्याम राउत साढे ५ बर्षपछि पक्राउ

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाण्डौ,१२ असार । एक बालिकालाई बलात्कार गरेको आरोप लागेका श्याम राउत साँढे ५ वर्षपछि पक्राउ परेका छन । २०६८ साल माघ ५ गते रामेछापको तत्कालीन संैपू गाविसकी १४ वर्षीया सुन्तली तामाङलाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले राउतलाई आईतबार पक्राउ गरेको हो ।

घटनापछि भारतको अन्डमान निकोबार टापुमा बस्दै आएका राउतलाई भारतीय सुरक्षाकर्मीको सहयोगमा आईतबार भैरहवा सिमा नाकाबाट पक्राउ गरी काठमाडौं ल्याइएको मध्य क्षेत्रीय प्रहरी कार्यालय, हेटौडाका प्रमुख प्रहरी नायव महानिरीक्षक गणेश केसीले जानकारी दिए । आज काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले राउतले आफू सो घटनाको मुख्य अभियुक्त भएको स्विकार गरेको पनि जानकारी दिए । प्रहरीले पीडित पक्षको गोप्य सूचनाको आधारमा अभियुक्त राउतलाई पक्राउ गर्न सहज भएको पनि जनाएको छ ।

रामेछाप सैंपूकी डिल्लीमाया तामाङकी १४ वर्षीया छोरी सुन्तलीको २०६८ सालमा स्थानीय लिखुखोलाको झोलुंगे पुलमा हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । घटनालगत्तै फरार रहेका आरोपी राउत भारतको विभिन्न सहरमा बस्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेकोे प्रहरीले जनाएको छ ।