काठमाडौंमा फेरि स्वाइन फ्लू देखियो

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाण्डौ,१२ असार । काठमाडौंमा स्वाइन फ्लू देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले स्वाइन फ्लू देखिएको पुष्टि गरेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमै भर्ना भएकी काठमाडौं कुलेश्वर १६ की ३८ वर्षीया महिलामा स्वाइन फ्लू संक्रमण भएको पुष्टि भएको हो । खोकी, ज्वरो र सास फेर्न अप्ठारो भएर अस्पताल भर्ना भएकी उनमा इन्फ्लून्जा ए पिडिएम २००९ अर्थात स्वाइन फ्लू देखिएको टेकु अस्पतालका डाक्टर अनुप बाँस्तोलाले जानकारी दिनुभयो । पछिल्लो समय अस्पतालमा मौसमी रुघाखोकीका बिरामी बढेका छन् । स्वाइन फ्लू बर्खाको सुरुवात र जाडोको अन्त्यतिर बढि देखिने गरेको छ ।