प्रधानमन्त्री देउवामा तानाशाही प्रवृति हावी भएको ओलीको आरोप, गालीगलौज गर्ने ओलीलाई कारबाही गर्न सत्तारुढ दलको माग

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , स्थानीय निर्वाचन , ७ वर्ष अगाडि

काठमाण्डौ,१२ असार । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गराउने दायित्व पूरा गर्न सरकारलाई सचेत गराएका छन । साथै उनले स्थानीय तह दोस्रो चरणको निर्वाचनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्ने दायित्व पुरा गर्न निर्वाचन आयोगलाई पनि आग्रह गरे ।

निर्वाचन आयोगले तोकेको मौन अवधीमा पत्रकार सम्मेलन गरेका एमाले अध्यक्ष ओलीले काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार सद्दाम हुसेन भन्दा पनि क्रूर ढंगले अघि बढेको आरोप लगाए ।अध्यक्ष ओलीले आफ्नो पार्टीले आयोजना गरेका चुनावी कार्यक्रममा वम विष्फोट गराउने काम भइरहँदा समेत सरकार मौन रहेको उल्लेख गर्दैै आपत्ति पनि जनाए । उनले चुनावी कार्यक्रममै बम विष्फोट गराउने जस्ता अपराध कर्म गर्दा समेत सरकार मौन रहनु देश र जनताका लागि दुःखदायी घटना भएको पनि उल्लेख गरे ।

यसैबीच, एमाले अध्यक्ष ओलीले देउवाको सरकारलाई सद्दाम हुसेनको सरकारसँग तुलना गरेपछि सत्तारुढ दलले आपत्ती जनाएका छन ।काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल र माओवादी प्रवत्ता पम्फा भुसालले एमाले अध्यक्ष ओलीलाई कारवाही गर्न माग गरेका छन् । स्थानीय तह दोश्रो चरणको निर्वाचन प्रक्रिया अन्र्तगत मौन अवधीमा पत्रकार सम्मेलन गरेर नेपाली कांग्रेसलाई गालीगलौज गरेको भन्दै निर्वाचन आयोगको ध्यानकर्षण गराए ।नेता पौडेलले एमाले गैरजिम्मेवार मान्छेहरुको भीड भएको टिप्पणी गरे ।