३० जना नेपालीहरुले गरे अमेरीकामा रक्तदान

NewsBankNepal Latest Update , News/समाचार , ७ वर्ष अगाडि

अमेरीका । अमेरीकी राज्य केन्टकी स्थित लेक्सिङ्गटन शहरमा करीव ३० जना नेपालीहरुले रक्तदान गरेका छन ।
फ ओ एन ए नामक नेपाली समुदायको संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा नेपालीहरुको उल्लेख्य सहभागीता रहेको थियो । स्थापना काल देखि विभिन्न किसिमका सामाजिक कार्यमा योगदान पु¥याउदै आइरहेको संस्थाको सो कार्यक्रमा केन्टकी राज्यको ब्लड सेन्टरले सहकार्य गरेको थियो । उक्त कार्यक्रममा संस्थाका अध्यक्ष्य राम प्रसाद खनाल, उपाध्याक्ष्य प्रथम बाबुराम अधिकारी, दोस्रो नवीन तिवारी लगायत संस्थामा आवद्ध करीव ३० जना सदस्यहरु द्वारा रक्तदान गरिएको थियो । अमेरिकामा करीव ३ वर्ष वसोवास गरी वसेका विदेशी नागरिकहरुले मात्र रक्तदान गर्न पाउने प्रावधान रहेको र यसको प्राविधिक सहयोग केन्टकी ब्लड सेन्टरको रहेको थियो । रक्तदान जीवनदान हो भन्ने मुल उद्धेश्यका साथ आयोजना गरेको उक्त कार्यक्रममा नेपाली समुदायको उलेख्य उपस्थिती र सामाजिक कार्य प्रति केन्टकी ब्लड सेन्टरले प्रशंसा समेत गरेको थियो । केन्टकी प्रवेश गर्ने हरेक दाजुभाई दिदीबहीनीहरुलाई विभिन्न क्षेत्रमा सहयोग पु¥याउने उद्धेश्यले उक्त संस्थाले नेपालीहरुलाई रोजगारी लगाएतको विषयलाई ध्यान दिदै आएको छ । विदेशमा रहेर पनि नेपालीहरुको सामाजिक कार्य प्रतिको रुची र चासो प्रति प्रसंशा समेत गरीएको छ ।