निर्वाचनमा उत्साह र उमङ्गका साथ सहभागी हुन राष्ट्रपतिको अनुरोध

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , स्थानीय निर्वाचन , ७ वर्ष अगाडि

काठमाण्डौ,१३ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि हुन गइरहेको स्थानीय तहको निर्वाचनमा उत्साह र उमङ्गका साथ सहभागी भई संविधान प्रदत्त वालिग मताधिकारको प्रयोग गर्न आम मतदाताहरुमा अनुरोध गरेकि छिन ।राष्ट्रपतिले आज जारी गरेकोे सन्देशमा देश सङ्घीय संरचनामा गएको परिप्रेक्ष्यमा नेपालको संविधानले २०७४ माघ ७ गतेभित्र उक्त संरचनाअन्तर्गत सबै निर्वाचन सम्पन्न हुनुपर्ने व्यवस्था गरेको स्मरण गराउँदै स्थानीय तह निर्वाचनको उत्तिकै महत्व रहेको बताईन । उनले स्थानीय निर्वाचनले स्थानीय तहलाई अधिकार र दायित्वले सम्पन्न तुल्याई सामाजिक र आर्थिक समृद्धिको ढोका खोल्ने विश्वास व्यक्त गरिन ।