दोस्रो चरणको निर्वाचन उत्साहपूर्वक सम्पन्न ,७० दशमलव ५ प्रतिशत मत खस्यो

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , स्थानीय निर्वाचन , ७ वर्ष अगाडि

काठमाण्डौ,१४ असार । निर्वाचन आयोगले स्थानीय तह दोस्रो चरणको निर्वाचन उत्साहपूर्वक सम्पन्न भएको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचन उत्साहका साथ सम्पन्न भएको जानकारी दिए । आज मतदान सम्पन्न भएलगत्तै काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले ७० दशमलव ५ प्रतिशत मत खसेको पनि उल्लेख गरे । आज प्रदेश नम्बर १, ५ र ७ अन्तगतको ३ सय ३४ स्थानमा स्थानीय तह निर्वाचन सम्पन्न भएको थियो । प्रमुख निर्वाचन आयुक्त यादवले सबैभन्दा बढि ८० प्रतिशत मत बाजुरा जिल्ला र सबै भन्दा कम मत ६१ प्रतिशत भोजपुरमा खसेको पनि जानकारी दिए ।

प्रमुख निर्वाचन आयुक्त यादवले आजैबाट मतगणना सुरु हुने पनि स्पष्ट पारे । उनले अहिले मतपेटिका मतदान केन्द्रमा ल्याउने ल्याउने काम सुरु भईसकेको उल्लेख गर्दै आजैबाट मतगणना कार्य सुरु हुने बताए । प्रमुख निर्वाचन आयुक्त यादवले मतगणना कार्यमा ढिलाई नहुने पनि बताए निर्र्वाचन आयोगले उपयुक्त ठाउँका व्यवस्था गरी मतगणना कार्यमा ढिलाई नगर्न सम्बन्धित निर्वाचन अधिकृतहरुलाई यस अघि नै निर्देशन दिई सकेको छ ।निर्वाचन आयोगले निर्वाचनलाई सफल बनाउन योगदान दिने सबैप्रति आभार पनि व्यक्त गरेको छ । प्रमुख निर्वाचन आयुक्त यादवले असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनलाई सफल बनाउन पनि सबैमा अपिल गरे ।