सरकारले संविधान र कानुनको ठाडै उलंघन गरेको एमाले अध्यक्ष ओलीको आरोप

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाण्डौ,१४ असार ।प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संविधान र कानुनको ठाडै उलंघन गरेको आरोप लगाएका छन । अध्यक्ष ओलीले सरकारले जनतामाथि भर नपरेको तथा संविधान र कानुनको विश्वास नगरेको भन्दै आपत्ति पनि जनाए ।
उनले सरकारलाई जथाभावी नगर्न पनि चेतावनी दिनु भयो । जननेता मदन भण्डारीको ६६ औं जन्मजयन्तिको अवसर पारेर काठमाडौंमा आयोजित ‘दीगो विकासको आधारः स्थानीय सरकार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले जनताको सहभागितामा मात्रै मुलुकलाई समृद्ध बनाउन सकिने पनि स्पष्ट पारे । उनले स्थानीय तहको संख्या थप गर्ने सरकारको प्रयास कानुन र संविधान विपरित भएको पनि दोहो¥याए। अध्यक्ष ओलीले अव बन्ने स्थानीय सरकारले जनतालाई साथमा लिएर मुलुकलाई समृद्ध बनाउने विश्वास समेत व्यक्त गर्नु भयो । त्यस अवसरमा अध्यक्ष ओलीले स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन जननेता मदन भण्डारीले खेल्नु भएको भूमिकाको समेत चर्चा गरे ।

सत्तारुढ काँग्रेस नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले जनतालाई अधिकार सम्पन्न गराउन संविधानमै स्थानीय सरकारको अधिकार सुनिश्चित गरिएको बताए। उनले प्रदेश सभालाई भन्दा स्थानीय सरकारकालाई बढि अधिकार दिएकाले अव जनताको सहभागितामा मुलुकलाई समृद्ध बनाउन ढोका खुलेको उल्लेख गरे । नेता महतले स्थानीय तहका लागि आवश्यक ऐन, कानुनको व्यवस्था गर्ने काममा भने सरकारले ढिलाई गर्न नहुनेमा पनि जोड दिए।

नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सामाजिक न्यायसहितको समृद्धि आजको आवश्यक्ता भएको उल्लेख गरे । उनले स्थानीय सरकारलाई जनताको सहभागितामा शासन संचालन गर्ने अधिकार दिएपनि त्यसलाई कानुनी र संस्थागत रुपमा व्यवस्थित बनाउन सरकारले कुनै सक्रियता नदेखाएको आरोप लगाए।नेता श्रेष्ठले मुलुकलाई समृद्ध बनाउन पश्चिमा मोडलको विकास आवश्यक नरहेको पनि उल्लेख गरे।