मतदानको लाईन मै २ महिलाले बच्चा जन्माए

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , स्थानीय निर्वाचन , ७ वर्ष अगाडि

काठमाडौँ १४ असार – स्थानीय तहको दोस्रो चरणको चुनाबमा बिभिन्न खाले घटना भएका छन् । कतै मृत्यु भयो भने कतै जनम भयो त कतै फिल्मी शैलीको बम आक्रमण र बचाउ भयो ।

अछाममा दुई महिलाले मतदानको लाइनमै बच्चा जन्माएर मतदान गरेका छन् । अछामको रामारोशन गाउँपालिका ४ को बाटुलासैनस्थित नन्दकाली आधारभुत विद्यालयको ‘क’ मतदान केन्द्रमा भोट हाल्न लाइनमा लागेका दुई महिलाले बच्चा जनाएका हुन् । रामारोशनकी २५ वर्षकी मीना बोहरा र शुभा दासले बच्चा जन्माएका हुन् । दुबैले छोरा जन्माएका छन् । उनीहरुलाई व्यथा लागेपछि स्कुलकै छेउमा सुत्केरी गराएर एक घण्टापछि मतदान गरेर घर फर्किएको बताइएको छ ।