आर्थिक क्रान्तिका लागि कृषिमा आधुनिकीकरण आवश्यक:एमाले उपाध्यक्ष गौतम

arjun Business/अर्थ ब्यापार , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

भक्तपुर, १५ असार । नेकपा (एमाले)का उपाध्यक्ष एवम् अखिल नेपाल किसान महासङ्घका केन्द्रीय अध्यक्ष वामदेव गौतमले आर्थिक क्रान्तिका लागि कृषिमा आधुनिकीकरण आवश्यक रहेको बताए  ।

धान दिवसको अवसरमा आज महासङ्घको भक्तपुर शाखाले सूर्यविनायक नगरपालिका वडा नं ९ नंखेल सन्तीगाउँमा आयोजना गरेको धान रोपाइँ कार्यक्रममा उहाँले कृषिमा आधुनिकीकरण गरिनुपर्नेमा जोड दिए  ।

गौतमले भने  – “नेपाल कृषि प्रधान देश हो नै अझै पनि हाम्रोमा परम्परागत रुपमा धान रोपाइँ हुँदै आएको छ, त्यसलाई सुधार र आधुनिकीकरण गर्नुपर्छ ।” महासङ्घका महासचिव बलराम बास्कोटाले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन सरकारले सिँचाइ र आधुनिक प्रविधिको व्यवस्थापमा ध्यान दिनुपर्नेमा जोड दिए  ।

सूर्यविनायक नगरपालिकाकाप्रमुख वासुदेव थापा, उपप्रमुख जुना बस्नेत र वडाध्यक्ष उपेन्द्र केसीले धान दिवसलाई दिवसकै रुपमा मात्र मनाउनु भन्दा कृषिको प्रवद्र्धन लाग्नुपर्ने र यसका लागि नगरपालिकाको तर्फबाट सहयोग गरिने बताए  । धान दिवसका अवसरमा रोपाइँ गर्नुका साथै नाचगानसमेत गरिएको थियो । रासस