काठमाण्डौ,१५ असार ।ब्रोकरहरुलाई कमिसनमा भ्याट तिर्ने व्यवस्था गरेपछि विहिबार सेयर कारोबार स्थगित भएको छ । आन्तरिक राजस्व कार्यालयले ब्रोकर कम्पनीहरुलाई कमिसनमा भ्याट तिर्न पत्राचार गरेपछि ब्रोकरहरुले त्यसको विरोधमा विहिबार सेयर कारोबार स्थगित गरेका हुन । विधि र प्रक्रियाविना नै आन्तरिक राजस्व कार्यालयले कमिसनमा भ्याट तिर्न पत्राचार गरेपछि सेयर कारोबारमा समस्या हुने देखेर कारोबार नगरिएको सेयर ब्रोकर दिपकराज सुवेदीले जानकारी दिए ।
भ्याटमा दर्ता नै नभएको कम्पनीलाई भ्यान तिर्न आन्तरिक राजस्व कार्यालयले पत्राचार गरेपछि अन्यौलता छाएकाले विहिबारको कारोबार स्थगित हुन गएको हो । ब्रोकरहरुले यस बारेमा छिटो निर्णय पनि धितोपत्र बोर्डलाई दवाव पनि दिएका छन । उनीहरुले विहिबार नै बोर्डमा भ्याटमा दर्ता नभएका ब्रोकर कम्पनीहरुले के आधारमा भ्यान तिर्ने भनि प्रश्न समेत गरेका छन ।