न्युज बैंक नेपाल, काठमाडौ । हाँस्य कलाकार किरण केसी जीवनको चार दशक कलाकारितामा बिताएका उनको आज ६० औँ जन्मदिन परेको छ । हाँस्य कलाकार किरण केसी उर्फ राता मकै, चिकेन चिल्ली असार १५ गते ६० वर्षमा प्रवेश गर्दैछन् । नयाँ बानेश्वरको ईन्द्रेणी फुडल्याण्डमा उनको जन्मदिन विशेष कार्यक्रमको आयोजना गरिएको छ । किरण केसी जति लाईटमा आउँछन् त्यति नै उनको परिवार मिडियाबाट टाढै रहन्छ । केसी तीन सन्तानका पिता हुन् भने चार नातिनातिनाका हजुरबुवा ।
नेपाली चलचित्र क्षेत्रका बरीष्ठ कलाकार, पत्रकार एवम समाजसेवी हरुको समुपस्थितीमा भब्यरुपमा आयोजना गरिएको जन्मदिन बिशेष कार्यक्रममा चलचित्र क्षेत्र, गायन, तथा पत्रकारिता गरेका केही मुर्धन्न ब्यक्तीहरु लाई सम्मान पनि गरिएको थियो ।
कार्यक्रममा बोल्दै के सि भने, “यो कार्यक्रम कुनै पनि नाम कमाउने वा नम्बर १ हुनका लागि गरिएको होइन, मेरो जन्मदिनमा बिभिन्न क्षेत्रका श्रस्टाहरु लाई बोलाएर सम्मान गर्न लागेको हुँ, कुनै प्रकारको स्वार्थको लागि होइन, बिगत ५-७ बर्ष अघी देखीकै योजन अनुरुप मेरी श्रीमती सिता केसीको सहयोगमा आज मेरो ६० औ जन्मदिनको अवसर परेर यो कार्यक्रम गरेको हुँ” अन्यथा नलिन आग्रह गर्दछु ।
उनले ६० औँ जन्मदिनमा हाँस्यकलाकार रमेश केसी उर्फ मट्टारे, रंगपत्रकार विजय रत्न तुलाधार, म्युजिक भिडियो निर्देशक राज केसी, लोकगीतकर्मी रामप्रसाद खनाल, वरिष्ट टेलिभिजनकर्मी लय संग्रौलालाई नगद रु १०,००० र तामपत्रले सम्मानित गरेका छन् । श्रष्टालाई सम्मान गर्ने भएकै कारण पनि किरणको जन्मदिन अरु कलाकारको भन्दा पृथक हुने गरेको छ ।