बसले स्कुटीलाई ठक्कर दिँदा दुईको मृत्यु

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

तनहुँ, १६ असार । दमौलीबाट पोखरा जाँदै गरेको यात्रुवाहक बसले पृथ्वीराजमार्ग सडकखण्डअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज अपराह्न एक स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार दुवै जनाको मृत्यु भएको छ ।

ग १ ख ३६९१ नको उक्त बसले विपरीत दिशाबाट आउँदै गरेको ग १२ प ६३४९ नंको स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार म्याग्दे गाउँपालिका–१ का १७ वर्षीय वसन्त थापा र मन्दीप थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा परी दुवै जनाको मृत्युपछि स्थानीयवासीले केही समय पृथ्वीराजमार्ग अवरुद्ध पारेका थिए । रासस