काठमाण्डौ,१७ असार । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा एमालेले अग्रता कायमै राखेको छ । ९१ स्थानको मत परिणाम सार्वजनिक हुँदा एमाले ४२ स्थानमा विजयी हुँदै अग्रस्थानमा देखिएको हो । त्यस्तै कांग्रेस ३२ स्थानमा जितेर दोस्रोमा छ भने माओवादी केन्द्र १४ स्थानीय तहमा विजयी भएको छ । संघीय समाजवादी फोरम नेपाल एक, राष्ट्रिय जनमोर्चा १ र अन्य पार्टीले १ स्थान जितेका छन् । सार्वजनिक मतपरिणाममध्ये अधिकांश गाउँपालिकाको हो । असार १४ गते बुधबार प्रदेश नं १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा मतदान भएको थियो ।