माटेपानी गुम्बा पहिराको जोखिममा

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

पोखरा, १८ असार । पोखरा–लेखनाथ महानगरपालिका–१२ माटेपानीको डाँडास्थित माटेपानी गुम्बा पहिराको जोखिममा परेको छ । गए रातिको भीषण वर्षासँगै गुम्बाको तल्लो भागमा पहिरो जाँदा गुम्बाको केही भाग चर्किएको गुम्बा व्यवस्थापन समितिका सचिव पूर्णबहादुर भुजेलले जानकारी दिए  । उनका अनुसार गुम्बाको फेदीदेखि घुम्टे भिरसम्म जान सडक खनिएकाले गुम्बाको तल्लो भागमा गए राति पहिरो गएको हो । पहिराले गुम्बामा जान बनाइएका १५० सिँढी भत्काएको छ । स्वदेशी तथा विदेशी पर्यटक गुम्बा निरीक्षणका लागि दैनिक जाने गर्छन् ।