मेलम्ची खानेपानीको लापरबाहीले आरुबारी सडकखण्ड नाजुक,स्थानियबासिद्धारा पोखरी निर्माण स्थालमा तालाबन्दी

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , ७ वर्ष अगाडि

काठमाण्डौ,१९ असार ।मेलम्ची खानेपानी आयोजनाले पाइप बिच्छाउने काम सकेपछि पनि सडक लथालिङ अवस्थामा छाडेको भन्दै आक्रोसित बनेका काठमाण्डौ आरुबारीका स्थानीय बासिन्दाले आज बिहानै देखि उक्त सडक खण्डमा सवारीसाधन चल्न दिएका छैनन् ।

11

हिलोले सडकमा हिड्न सक्ने अवस्था नभए पछि स्थानीयबासिन्दाले गोकर्णेश्वर नगरपालिकाको आरुवारी शहिदपार्कक सडक खण्डको सबै नाकामा ढुङगाको पर्खाल तथा ढल तेस्राएर अबरुद्ध गरेका हुन । तत्काल मेलम्ची खानेपानी आयोजना तथा निमार्णको जिम्मा पाएको कालिका कन्स्ट्रक्सनले सडकमा ग्राबेल हालेर हिड्न मिल्ने नबनाए सम्म बाटो नखोल्ने स्थानीय बासिन्दाले बताएका छन ।

33

जब तीन बर्ष अघि खानेपानीको पाइप बिच्छाउन सडक खन्न सुरु गरियो त्यसबेला देखि नै उक्त सडक खण्डमा बर्षाको समय हिड्न समेत मुस्किल हुने गरेको स्थानीय बासिन्दा बताउँछन । एउटा सरकारी बिद्यालय र आधादर्जन निजी बिद्यालय रहेको सो क्षेत्रमा स्कूल जाने÷आउने बालबालिका सधै जोखिम मोलेर हिड्न बाध्य छन ।

44

सडकको अवस्थाको बारेमा पटक पटक स्थानिय प्रतिनिधी मार्फत सम्बन्धित निकायमा सडकको दुराअवस्थाको बारेमा कुरा पुरयाउने गरिए पनि  कुनै सुनुवाई नभएको स्थानीयाबसिन्दाको भनाई छ । सम्बन्धीत पक्षलाई दबाब दिन आक्रोसित स्थानिय बासिन्दाले कर्मचारीहरुलाई बाहिर निकालेर  मेलम्ची खानेपानी आयोजनाको निर्माणाधिन पानी टयांकीमा समेत तालाबन्दि गरि दिएका छन । हाल मेलम्ची खानेपानी आयोजनाले राजधानीमा पानी बितरण गर्नका लागि निमार्ण गर्न लागेको दुई वटा ठुला पानी टयांकी समेत आरुबारीमा नै पर्दछ ।

tala