सबै तहको निर्वाचन समयमै सम्पन्न गर्न सरकार प्रतिवद्ध :अर्थमन्त्री कार्की

arjun Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाण्डौ,२० असार ।अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सबै तहको निर्वाचन समयमै सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन ।
मन्त्री कार्कीले राजनीतिक स्थायित्व कायम गरी मुलुकलाई समृद्ध बनाउन पनि सरकार लागि परेको दावी गरे । उनले स्थानीय स्रोत÷साधनको अधिकतम परिचालन गरेर मुलुकलाई समृद्ध बनाउने योजना पनि सुनाएका थिए । स्वर्गीय गिरीजाप्रसाद कोइरालाको ९४ औं जन्मजयन्तिको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले देशलाई छिटोभन्दा छिटो समृद्ध बनाउने गिरीजाप्रसाद कोइरालाको सपना पूरा गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

कार्यक्रममा बोल्दै काँग्रेस नेतृ एवम् गिरीजा प्रसाद कोइराला फाउन्डेसनकी अध्यक्ष सुजाता कोइरालाले मुलुकको विकास गर्ने कोइरालाको सपना साकार पार्न फाउन्डेसन लागि पर्ने बताए । उनले फाउन्डेसनले पर्यटन क्षेत्रको विकास गरी मुलुकलाई समृद्ध बनाउन योजना बनाएको पनि उल्लेख गरिन। पूर्व उपप्रधानमन्त्री समेत रहनु भएकी कोईरालाले मुलुकमा लोकतन्त्र, गणतन्त्र ल्याउन गिरीजाप्रसाद कोइरालाले खेल्नु भएको भूमिकाको पनि स्मरण गराइन।कार्यक्रममा स्वर्गीय गिरीजाप्रसाद कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याउनु भएको योगदानको चर्चा गरिएको थियो ।