प्रदेश, राष्ट्रिय सभा र संसदको चुनावको मिति तोक्न सरकारसँग आयोगको माग

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाण्ठौ,२० असार ।निर्वाचन आयोगले प्रदेश, राष्ट्रिय सभा र संसदको चुनावको मिति तोक्न र आवश्यक ऐन कानुन दिन माग गर्दै सरकारलाई पत्र पठाउने निर्णय गरेको छ । निर्वाचन आयोगको आज बसेको बैठकले संविधानले तोकेको समयसीमा भित्र प्रदेश, राष्ट्रियसभा र संघीय संसदको चुुनावका लागि आवश्यक ऐन कानुन प्रतिवेदन उपलब्ध गराउन आग्रह गर्दै सरकारलाई पत्र लेख्ने निर्णय गरेको छ ।
आगामी माघ ७ भित्र तीनै तहको चुनाव गरिसक्नु पर्ने संवैधानिक व्यवस्था भएकाले अयोगले प्रदेशको चुनाव असोज अन्तिम सातासम्म, राष्ट्रियसभा चुनाव कात्तिक दोस्रो हप्तासम्म र संघीय संसदको चुनाव मंसिर पहिलो हप्तासम्म गर्न उपयुक्त हुने राय सरकारलाई दिइएको छ । प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन असार मसान्तसम्ममा प्राप्त हुनुपर्ने आयोगले बताएको छ । साथै निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन साउन १५ गतेभित्र पाउनु पर्ने उसको सर्त छ । तर, अहिलेसम्म निर्वाचन क्षेत्र निर्धारण आयोग बन्न सकेको छैन ।