भारु नोटको सटहीका सम्बन्धमा छिटो हल गरिने : उपप्रधानमन्त्री महरा

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाडौँ, २१ असार । उपप्रधानमन्त्री कृष्णबहादुर महराले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको मिति दुवै मुलुकका सम्बन्धित दूतावासको छलफलपछि तय हुने बताएका छन्  ।
व्यवस्थापिका–संसद् बैठकलाई उनले आफ्नो भारत भ्रमणका बेला त्यहाँ प्रधानमन्त्री देउवाको भारत भ्रमण र समसामयिक राजनीतिक विषयमा छलफल भएको जानकारी दिए  ।

उपप्रधानमन्त्री महराले भ्रमणका दौरान दुवै मुलुकबीच पाइप लाइनमा भएका विकाससँग सम्बन्धित विषयलाई अघि बढाउने कुरा उच्चस्तरमा छलफल भएको बताए . भारत सरकारले हालै लागू गरेको नयाँ कर प्रणालीले नेपालका सिमाना बजारमा पर्ने असर तथा नेपालमा रहेको भारतीय रुपैयाँ नोटको सटहीका सम्बन्धमा छिटो हल गर्ने कुरामा विस्तृत छलफल भयो ।”

खाना पकाउने ग्यास बोक्ने बुलेट गाडी नेपालमा छिटो ल्याउने र निकट भविष्यमा नेपालमा हुने बिमस्टेकको बैठकका सम्बन्धमा पनि छलफल भएको बताए  । रासस