मन्त्रीपरिषद बैठक : न्यायपरिषदका सचिव सुवेदी सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा बढुवा

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाण्डौ,२२ असार । न्यायपरिषदका सचिव नकुल सुवेदी सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा बढुवा भएका छन । आज(विहिबार) विहान बसेको मन्त्रीपरिषद बैठकले न्यायपरिषदका सचिव सुवेदीलाई सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा बढुवा गर्ने निर्णय गरेको हो । बैठकले नेपाल र अष्ट्रेलिया सरकारबीच दुई पक्षीय परामर्श संयन्त्र स्थापना गर्ने समझदारी पत्रमा हस्ताक्षर गर्ने अख्तियारी परराष्ट्र सचिव शंकरदास बैरागीलाई दिने निर्णय पनि गरेको छ । नेपाल र अष्ट्रेलिया सरकारबीच द्धिपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने समझदारी पत्रमा हस्ताक्षर गर्ने अख्तियारी परराष्ट्र सचिव वैरागीलाई दिइएको सरकारका प्रवक्ता एवम् अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सरकारले चीन सरकारसँग उद्योग दर्ता र बजारीकरणसम्बन्धि समझदारी गर्ने अख्तियारी उद्योग सचिव शंकरप्रसाद कोइरालालाई दिएको छ । नेपालको उत्पादनलाई चीनको बजारमा सहज पहुँच पु¥याउने गरी नेपाल र चीनबीच उद्योग दर्ता र बजारीकरणसम्बन्धि समझदारी गर्न लागिएको हो । समझदारीमा चीनले नेपालको उद्योग क्षेत्रको विकासमा आवश्यक लगानी र प्रविधि भित्रयाउने प्रतिवद्धता पनि व्यक्त गरिएको उद्योग मन्त्रालयले जनाएको छ ।