सङ्घीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी नहुने

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाण्डौ,२२ असार ।सङ्घीय समाजवादी फोरम नेपालले पार्टी तत्काल सरकारमा सहभागी हुने हल्ला निराधार भएको जनाएको छ । पार्टीले आज विज्ञप्ति जारी गरी सरकारमा जाने वा नजाने कार्यसूचीबारे पार्टीमा आधिकारिक निर्णय र सामान्य छलफलसमेत नभएको स्पष्ट गरेको छ ।

‘चुनाव हुनै नदिई मधेसलाई अस्थिर बनाइराख्ने प्रतिगामी तत्वहरुको षड्यन्त्रलाई परास्त गर्न जित वा हारको पर्वाह नगरी पार्टी चुनावमा होमिएको’ केन्द्रीय सचिवालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । पार्टीले परिमार्जनसहित संविधान संशोधन गरी मधेसी, आदिवासी जनजाति, थारु, उत्पीडितलगायत अल्पसङ्ख्यक समुदायको माग सम्बोधन गरी अधिकार सुनिश्चितताका लागि सदा झँैं प्रतिबद्ध रहने जनाएको छ ।