नेपाल आईडल भन्दा उत्कृष्ट गायन प्रतियोगिताको रियालिटी शो चाडै हुँदै

arjun Entertainment/मनोरञ्जन , Latest Update , News/समाचार , Others/अन्य , न्युज बैंक बिषेश , ७ वर्ष अगाडि

न्युज बैंक नेपाल, काठमाडौं । नेपाल आईडल नाम गरेको गायन प्रतियोगीको रियालिटी शो ले शिखर चुमिरहेको बेला फेरी अर्को गायन प्रतियोगिताको रियालिटी शो आयोजना हुँदैछ । सानै उमेरमा पत्रकारीता गरेर चर्चित भएका युवा पत्रकार सुजन आचार्यले सो रियालिटी शो को कार्यक्रम गर्दैछन ।

nepal-darsan-idol 1

लुकेको प्रतिभालाई खोज्ने र खोजेको प्रतिभालाई देखाउने मुख्य उद्देश्यका साथ नेपाल दर्शन आईडल सञ्चालन हुने भएको छ । निकट भविष्यमा नै सञ्चालनमा आउन लागेको उक्त रियालिटी शो नेपालदर्शन टेलिभिजनको आयोजनामा हुने भएको हो । हामी तुरुन्तै यो कार्य शुरु गर्दैछौं । नेपालमा यस्ता प्रतिभा छन् जुन कुना–कुनामा लुकेका छन्, त्यस्ता प्रतिभालाई बाहिर ल्याउने हाम्रो लक्ष्य हो, टेलिभिजनका अध्यक्ष सुजन आचार्यले भने ।

नेपाल दर्शन आईडलमा गायनमा रुचि भएका प्रतिभालाई ठाउँ दिइनेछ । गायनमा रुचि भएका जो कोहिले पनि यस आईडलमा भाग लिन सक्ने आचार्यले जानकारी दिए । आईडलको टिम देशका बिभिन्न ठाउँमा गएर अडिसन लिने छ जसबाट छानिएका प्रतिभाहरुलाई राजधानीमा पुनः प्रतिस्पर्धा गराइनेछ । आईडल आयोजनाको बिषयमा अहिले जजहरु को–को रहने भन्ने बिषयमा केहि दिनमै निर्णय हुने बताइएको छ । अडिसनका लागी हेटौडा, इटहरी, बिराटनगर, चितवन, बुटवल, पोखरा, नेपालगन्ज, बिर्तामोड, धरान, काठमाडौं लगायतका ठाउँहरुमा हुने जानकारी दिइएको छ ।

प्रतियोगीताबाट प्रथम हुनेलाई ५ लाख नगद सहित दुई लाख बराबारको म्युजीक भिडियोमा अभिनय गर्ने अवसरका साथै थाईल्याण्ड टुरको अवसर पाउनेछन भने प्रतिभा छनोटको लागि यो टोली पुर्बी यात्रामा गैसकेको छ ।