भगवान महादेवको अर्को तिज गीत आउँदै

arjun Entertainment/मनोरञ्जन , Latest Update , Others/अन्य , न्युज बैंक बिषेश , ७ वर्ष अगाडि

न्युज बैंक नेपाल, काठमाडौं । भगवान शिव र महादेवको नाममा अनेकौ तिज गीत आईरहेको बेला फेरी अर्को “महादेव महादेब खै त मेरो माया चिनेको” बोलको गीत आउन लागेको छ । नक्साल, नारायण चौरको एक पार्टी प्यालेशको छायाकंन सकिएको सो गीतको सम्पादन भईरहेको छ । बाबु थापाको निर्देशनमा बन्न लागेको सो गीतको गीतकार बाबुराम बोहोरा हुन । बसन्त सापकोटाको सुमधुर संगीत रहेको सो गीतमा कर्णप्रीय आवाजकी धनी चन्दा अर्यालको स्वर रहेको छ भने नायिका एवम मोडेल राज्नी केसीको अभिनय रहेको छ । यसै हप्ता यूट्युब लगायत प्रमुख  टेलिभिजनमा प्रसारण हुने निर्माणपक्षले बताएको छ ।