उपत्यका बाहिरबाट आउने गाडी अव चक्रपथभित्र प्रवेशमा रोक लगाउने तयारी

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाण्डौ,२५ असार । गृहमन्त्री जनार्दन शर्माले काठमाडौं उपत्यकामा देखिएको ट्राफिक जाम अन्त्य गर्ने प्रयत्न भइरहेको बताए । अवको १५ दिनभित्र बिस्तृत योजना बनाउने र २–३ महिनाभित्र परिणाम देखाउने उनले घोषणा गरे। आज ब्यवस्थापिका संसदमा बिनियोजन विधेयक ०७४ बारे गृह मन्त्रालयसँग सम्वन्धित विषयहरुमा जवाफ दिँदै मन्त्री शर्माले ट्राफिक जामको समस्या समाधानका लागि सरोकारवाला निकायहरुसँगको छलफलपछि काठमाडौं महानगरका कार्यकारीको संयोजकत्वमा एउटा कमिटी गठन गरेर ब्यवस्थित प्लान निर्माण गर्ने कार्य भइरहेको जानकारी दिए ।
उपत्यका बाहिरबाट आउने गाडीहरु शहरको भित्री भागसम्म पुग्ने कार्यलाई रोकेर चक्रपथ बाहिरै राख्नेगरी छलफल अगाडि बढेको जानकारी दिए । गृहमन्त्री शर्माले संघीय ढाँचा अनुसार विपद्, पूर्व विपद् र विपद्पछिको कार्यलाई प्रभावकारी बनाउन संस्थागत र जनशक्तिको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम संचालन गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।