तयारी नपुगे पछि काठमाडौँका अधिकांश नगरपालिकाको नगरसभा हुन सकेन

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाण्डौ,२५ असार । तयारी नपुगेका कारण काठमाडौँका अधिकांश नगरपालिकाको नगरसभा हुन सकेन । आजदेखि स्थानीय तहमा बजेटका लागि हुने भनिएको ‘नगरसभा’ पर्याप्त तयारी नपुगेको भन्दै अधिकांश नगरपालिकाले केही दिन पछि सारेका छन् । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आजदेखि नगरसभामार्फत पहिलो बजेट सार्वजनिक गर्ने निर्देशन दिएपनि काठमाडौँका नगरपालिकाले पर्याप्त समय नभएको भन्दै आगामी शुक्रबारलाई तोकेका छन् । मन्त्रालयले शुक्रबारसम्म नगरसभामार्फत बजेट पेश गर्न निर्देशन दिएको छ ।

कामपा, गोकर्णेश्वर, शङ्खरापुर, नागार्जुन, बूढानीलकण्ठ, टोखालगायत नगरपालिकाले तयारी नपुगेका कारण शुक्रबार मात्र नगरसभा गर्ने निर्णय गरेका छन् । कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले सभाका लागि तयारी नपुगेका कारण यही ३० गतेका लागि सारिएको जानकारी दिए। उनँले वडास्तरबाट योजना अझै नआइपुगेकाले आगामी शुक्रबार सभा राखिएको बताए ।

स्थानीय तहमा वर्षभरि हुने चालु खर्च, पूँजीगत खर्च, स्थानिय राजस्व र स्थानीय सरकार सञ्चालनका लागि स्रोतसहितको बजेट प्रस्तुत गर्ने कार्यतालिका रहेको थियो ।