पदभार ग्रहण गर्न नपाउँदै निर्वाचित वडा सदस्यको हत्या

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

रुकुम, २६ असार । दोस्रो चरणमा भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित एक वडा सदस्यको हत्या भएको छ ।
पुथाउत्तरगङ्गा गाउँपालिका वडा नं ७ जाङकी दलित महिला सदस्य २७ वर्षीया बयानसरी कामीको आफ्नै घरमा हत्या भएको प्रहरीले जनाएको छ । हत्याको आरोपमा प्रहरीले उहाँकै श्रीमान् ३८ वर्षीय तेजबहादुरलाई पक्राउ गरेको छ । बयानसरी नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार भएर सो वडाको दलित महिला सदस्यमा विजयी भएकी थिइन। बयानसरीले उम्मेदवारी दर्ता गरेदेखि नै श्रीमान् श्रीमतीबीच झगडा हुँदै आएको स्थानीयवासीले जानकारी दिएका छन् ।

श्रीमतीको हत्या आरोपमा पक्राउ परेका तेजबहादुरले आफूले खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थम्मनबहादुर रजालीले जानकारी दिए । थप अनुसन्धानका लागि तेजबहादुरलाई जिल्लामा ल्याइँदै छ भने बयानसरीको शव परीक्षणका लागि जिल्ला अस्पताल सल्लेमा पु¥याएको प्रहरी निरीक्षक रजालीले बताए । रासस