निर्वाचनको खर्च विवरण बुझाउन राजनीतिक दललाई आयोगको आग्रह

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाण्डौ,२८ असार । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा आफुले गरेको खर्चको विवरण बुझाउन राजनीतिक दल र तिनका उम्मेदवारलाई आग्रह गरेको छ ।

सार्वजनिक सुचना जारी गरी आयोगले परिणाम सार्वजनिक भएको ३० दिन भित्र निर्वाचन अबधिमा भएको खर्च विवरण उपलब्ध गराउन आग्रह गरेको हो । यस्तो विवरण जिल्ला वा क्षेत्रिय निर्वाचन कार्यालयमा बुझाउन सकिने आयोगले जनाएको छ । राजनीतिक दलका नेताहरुले निर्वाचनमा पैसाको बढि चलखेल भएको भन्दै एक अर्काप्रति आरोप प्रत्यारोप गरि रहदा आयोगले खर्चको बिबरण माग गरेको छ ।स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ६४९४० को उपदफा २ मा निर्वाचन परिणाम सार्बजनिक भएको ३० दिन भित्र खर्च विवरण आयोगमा बुझाउनु पर्ने व्यवस्था छ ।