दल दर्ताका लागि आवश्यक कागजपत्र र केन्द्रिय सदस्यहरुको नामावली राजपाले आयोगमा बुझायो

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाण्डौ,२८ असार । नवगठित राष्ट्रिय जनता पार्टी (राजपा) ले निर्वाचन आयोगमा ८ सय १५ सदस्यीय केन्द्रीय समितिको नाम बुझाएको छ । जस्मा पदाधिकारीको संख्या १ सय ३४ पुगेको बताइएको छ । एकिकृत पार्टीको दर्ताका लागि आवश्यक पर्ने पार्टीको विधान, घोषणापत्र, एकिकृत हुनुपूर्वका ६ पार्टीको केन्द्रीय समितिको निर्णय र राजपा गठनपछिको केन्द्रीय समितिको नाम उक्त दलले आयोगमा बुझाएको हो ।

राजपाका शीर्ष नेताहरु आयोगमा एक साता भित्र दोस्रोपटक पुगेका हुन् । तमलोपा, सदभावना, रामसपा, तमसपा, नेसपा र फोरम गणतान्त्रिक एकीकृत भएर गत बैशाख ८ गते राजपा पार्टी गठन भएको थियो । राजपा नेता अनिल झाले एकीकरणपछिको दल दर्ताका लागि आयोगले माग गरेको कागजातहरु बुझाइएको जानकारी दिनु भयो । आयोगले विभिन्न ६ प्रकारका कागजपत्र राजपासँग माग गरेको थियो ।