बैतडीमा हावाहुरीले मकैबालीमा क्षति

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

बैतडी, २९ असार । लगातारको वर्षासँगै आएको हावाहुरीले बैतडीका विभिन्न स्थानमा लगाएको मकैबालीमा क्षति पु¥याएको छ । केही दिनयता देखि परिरहेको अविरल वर्षासँगै आएको हावाहुरीले जिल्लाका सुर्नया गाउँपालिका, पाटन नगरपालिका र पुरचौडी नगरपालिकाका विभिन्न स्थानमा मकैबालीमा क्षति पु¥याएको स्थानीय बासिन्दाले बताएका छन् ।

हावाहुरीले घोगा लाग्न लागेको मकैबाली भाँचेको किसानले बताएका छन् । सुर्नया गाउँपालिका–७ पत्थरकोट, वडा नं ६ धुलिधार लगायतका क्षेत्रमा मकैमा बढी क्षति पुगेको किसानले बताएका छन् । पत्थरकोटमा करिब ३० परिवारको मकैबाली नष्ट गरेको स्थानीय अमर कुँवरले जानकारी दिए । यस्तै, सुर्नया गाउँपालिका–८ मा हावाहुरीले मकैबालीमा क्षति पु¥याएको स्थानीय महेश साउदले जानकारी दिए  । वर्षासँगै आएको हावाहुरीले मकैबालीमा क्षति पु¥याएपछि किसान भोकमरी हुने भन्दै चिन्तित बनेका छन् ।