सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव तराई/मधेशका लागि विष सरह भएको एमाले अध्यक्ष ओलीको टिप्पणी

arjun Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाण्डौ,२९ असार । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव तराई÷मधेशका लागि विष सरह भएको टिप्पणी गरेका छन । अध्यक्ष ओलीले तराई÷मधेशका जनताका लागि विष सरह रहेकाले आफ्नो पार्टीले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव पारित गर्न नदिएको पनि स्पष्ट पारे । आज काठमाडौंमा तराई–मधेशका बुद्धिजीविसँग अन्तरक्रिया गर्दै उनले सरकारले विषलाई औषधि भनेर तराई÷मधेशका जनतालाई थप पीडा दिने गरी संविधान संशोधन प्रस्ताव ल्याएकाले त्यसको विपक्षमा अडान लिनु परेको पनि स्मरण गराए । अध्यक्ष ओलीले सरकारले एमालेलाई मधेश विरोधी भनेर भ्रम फिँजाएको उल्लेख गर्दै एमालेको नीति र कार्यक्रम मधेशविरोधी हो, होइन् खुटयाएर हेर्न पनि आग्रह गरे।

अध्यक्ष ओलीले पहाड र तराईबीच बलियो एकता कायम गर्न ‘एक मधेशः एक प्रदेश, एक मधेशः दुई प्रदेश’ जस्ता मागको विपक्षमा उभिनुपरेको प्रष्टिकरण पनि दिए । उनले पहाड र तराईबीच एकता, समझदारी, सदभाव, सहकार्य गरेर मात्रै मुलुकको राष्ट्रिय एकता र विकासको गतिलाई तीव्र बनाउन सकिन्छ भन्ने कुरामा एमाले दृढ रहेकोे पनि धारणा राखे । अध्यक्ष ओलीले सुनकोशी नदी थुनेर तराई÷मधेशमा सिँचित हुन्छ भन्ने भ्रम नपाल्न पनि सबैमा आग्रह गरे ।