काठमाडौँ, २९ असार । मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले आज पदबहाली गरेका छन । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज उनले पदबहालीपछि सचिव तथा सरकारी अधिकारीलाई आफ्नो मन्त्रालयको जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्न निर्देशन दिए।
आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले मुख्य सचिब डा. सोमलाल सुवेदी एडीबीको उप कार्यकारी निर्देशक बनेर फिलिपिन्स गएपछि रिक्त रहेको मुख्य सचिब पदमा सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव क्षेत्रीलाई वरिष्ठताका आधारमा मुख्यसचिवमा नियुक्त गरेको थियो । विसं २०१६ कात्तिक ८ गते काठमाडौँको लैनचौरमा जन्मिनुभएका क्षेत्रीले विसं २०४१ पुस १९ गते शाखा अधिकृत पदमा निजामति सेवामा प्रवेश गरेका थिए । उनको मुख्य सचिवको अवधि कात्तिक ८ गतेसम्म रहनेछ ।