आगामी आर्थिक वर्षको बजेट व्यवस्थापिका संसदबाट बहुमतले पारित

arjun Business/अर्थ ब्यापार , ७ वर्ष अगाडि

काठमाण्डौ,२९ असार । व्यवस्थापिका संसदको बिहिबारको बैठकले सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बार्षिक बजेट बहुमतले पारित गरेको छ । बैठकमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बजेट पारित गर्नुपर्ने प्रस्ताव पेश गरेका थिए । सोही प्रस्ताव बहुमतले पारित भएको हो । तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराले जेठ १५ गते बजेट पेश गर्नु भएको थियो । आगामी आर्थिक वर्षको बजेट पारित भएसँगै साउनबाट त्यसको कार्यान्वयन हुने बाटो खुलेको छ ।
आगामी आर्थिक वर्षका लागि १२ खर्ब ७८ अरब ९९ करोड ४८ लाख ५५ हजार रुपैयाँको बजेट पारित गरेको हो । व्यवस्थापिका संसद्को बैठकमार्फत् प्रस्तुत आर्थिक वर्ष २०७४÷२०७५ को बजेटमा चालू खर्चका लागि ८ खरव ३ अरव ५३ करोड १४ लाख ५३ हजार र पूजिगत खर्चतर्फ ३ खरव ३५ अरव २७ करोड ५९ लाख ७० हजार बजेट रहेको छ । यस्तै सरकारले वित्तिय व्यवस्थापनका लागि १ खरव ४० अरव २८ करोड ७४ लाख ३१ हजार बजेटको व्यवस्था पनि गरेको छ । त्यसैगरी स्थानीय तहका लागि १ खरव ४८ अरव ६३ करोड ५८ लाख ३३ हजार बजेटका व्यवस्था गरेकोे छ ।