केन्द्रीय सदस्य मनोनयन संगै राप्रपामा बिबाद चुलियो, पशुपति राणाले दिए पार्टी फुटाउने चेतावनी (विज्ञप्ती सहित)

arjun Photo Bank , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाडौँ ३० असार । सत्ता समर्थित राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्तरिक बिबाद उत्कर्षमा पुगेको छ । एकता महाधिवेशन भएको ५ महिना समेत बित्न नपाउँदै केन्द्रिय सदस्य मनोनयनको बिषयलाई लिएर राप्रपाको बिबाद चुलिएको हो । पार्टी अध्यक्ष थापाले कुनै बिबाद नरहेको दाबी गर्दैै आए पनि केन्द्रीय सदस्य मनोनयनमा एकलौटी गरेको भन्दै वरिष्ठ नेता पशुपतिशम्शेर राणाले बिज्ञप्ती नै जारी गरेर असन्तुष्टी जनाएपछि राप्रपाको आन्तरिक बिबाद बाहिरिएको हो ।

बरिसठ  नेता राणाले बिज्ञप्ती मार्फत पार्टी फुट्नसक्ने चेतावनी दिएका छन् । केन्द्रीय कार्यसम्पादन समिति सदस्यसमेत रहेका राणाले शुक्रबार विज्ञप्ति निकालेर केन्द्रीय समिति विस्तार र अन्य महत्वपूर्ण निर्णयमा केन्द्रीय तहका सबै नेताहरुसँगको परामर्श एवं सहमतिमा सबै पक्षको सन्तुलित प्रतिनिधित्व गरिनुपर्ने र सबैको भावना र चाहना प्रतिनिधित्व हुनुपर्नेमा अध्यक्ष थापाले ४२ केन्द्रीय सदस्य एकांगी रुपमा मनोनयन गरेको भन्दै पूर्ण असहमति जनाएका छन् । राप्रपालाई विग्रह वा आन्तरिक द्वन्द्वमा फस्नबाट जोगाउन मनोनयनको निर्णय फिर्ता लिन पनि उनले अध्यक्षसँग माग गरेका छन् ।

मधेसी, महिला, आदिवासी जनजाति, पिछडिएको क्षेत्र एवं समुदाय, दुर्गम क्षेत्र, दलितको समानुपातिक र समावेशी प्रतिनिधित्वको समेत कुनै ख्याल नगरी गरिएको मनोनयनको निर्णयले पार्टी विभाजन गर्न सक्ने समेत चेतावनी राणाले दिएका छन् । तर यता थापा पक्षका नेताहरुले भने पार्टीको बिद्यान अनुसार नै अध्यक्षले सदस्य नियुक्ति गरेको दाबी गरेका छन् । अहिले पनि यही आन्तरिक विबादका कारण राप्रपाले संसदमा बिचाराधिन संविधान संशोधन विद्ययकको पक्ष वा विपक्षमा रहने भन्नेबानरेमा ठोष निर्णय दिन सकेको छैन ।

यस्तो छ विज्ञप्ती  :

press relise