गोकर्णेश्वर नगरपालिकाको बजेट ६७ करोड,ज्येष्ठ नागरिकलाई घरघरमा भत्ता पुरयाइने

arjun Business/अर्थ ब्यापार , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाडौँ, ३० असार । गोकर्णेश्वर नगरपालिकाले आव २०७४÷२०७५ का लागि पूर्वाधारलाई प्राथमिकता दिँदै रु ६६ करोड ९४ लाखको बजेट पारित गरेको छ । नगर कार्यपालिकाले बिहीबार पारित गरेको बजेटलाई आज बसेको नगर सभाले अनुमोदन गरेको हो । यो बजेट केही दिनमै सार्वजनिक गरिने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाकाले आज जोरपाटीमा आयोजना गरेको नगर सभामा प्रमुख सन्तोष चालिसेले प्रत्येक वडालाई रु चार करोडका दरले रु ३६ करोडको विकास बजेटसहितको कार्यक्रम प्रस्तुत गरे । बजेटमा पूर्वाधार, सामाजिक, आर्थिक विकास, सांस्कृतिक प्रवद्र्धन, लैंगिक समानता तथा सामाजिक समावेशीकरण, भवन निर्माण, जगेडा कोष, संस्थागत विकास एवं सेवा प्रवाह र वातावरण तथा विपद् व्यवस्थापन शीर्षकमा विनियोजन गरिएको छ ।

बजेटमा एक वर्षभित्र जोरपाटी चोकमा सात तले गोकर्णेश्वर भवन बनाइने उल्लेख गरिएको छ । नगरपालिकाको कार्यालयसमेत रहने यो भवनमा नगरवासीलाई आवश्यक सबै सेवा दिने सोच अघि सारिएको छ । प्रत्येक वडामा निःशुल्क वाइफाइसहित दुई वटा हरित चोक, नौवटै वडामा आधुनिक सुविधासहितको सार्वजनिक शौचालय, ज्येष्ठ नागरिकलाई घरघरमा सामाजिक सुरक्षा भत्ता पु¥याइनेलगायत कार्यक्रम बजेटमार्फत् अघि सारिएको छ । बजेटमा खानेपानी, सरसफाइ, दलित, महिला, युवा, अपांगलगायतलाई मूल प्रवाहमा ल्याउने कार्यक्रम बनाइएको छ । प्रत्येक वडामा खेल मैदान निर्माणका लागि पनि बजेट छुट्याइएको छ । रासस