संविधान संशोधनपछि २ नम्बर प्रदेशको निर्वाचन : उपप्रधानमन्त्री महरा

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

तुलसीपुर (दाङ), ३१ असार । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संविधान संशोधनपछि मात्र २ नम्बर प्रदेशको निर्वाचन गरिने बताए  । आज बिहान प्रेस सेन्टर दाङले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् ।

संविधान संशोधन गर्नका लागि नेकपा(एमाले)ले पनि साथ दिनुपर्ने उनको भनाइ छ । उनले सबै दललाई सहमतिमा ल्याएर मात्र चुनाव गराउनको लागि यसअघि सरकारले दुई नम्बर प्रदेशको चुनावको मिति सारेको स्पष्ट पारे  उपप्रधानमन्त्री महरा आज राप्ती उपक्षेत्रीय अस्पताल घोराहीको भवन शिलान्यास कार्यक्रममा सहभागी हुन दाङ पुगेका हुन् ।