रगत संकलनका लागि अर्किड केयर होमको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

arjun Business/अर्थ ब्यापार , Latest Update , News/समाचार , Others/अन्य , Photo Gallery , न्युज बैंक बिषेश , ७ वर्ष अगाडि

न्युज बैंक नेपाल,काठमाडौं । बसुन्धारामा अवस्थित अर्किड केयर होमले आज एक कार्यक्रमको आयोजना गरी रक्तदान कार्यक्रम आयोजना गरेको छ । स्थानिय समुदाय, चिकित्सक, परिचारक एवम नेपाली सेना, पत्रकार लगायतका रक्तदाताहरुले रक्तदान गरेका छन ।
कार्यालय स्थापना पछी पहिलो पटक रक्तदान कार्यक्रम आयोजना गरेको अर्किड केयरले ६० जना भन्दा बढी रक्तदाता बाट रक्त संकलन गरेको छ । आज सबैको सहयोगले यो कार्यक्रम सफल भएकोमा कम्पनीका संचालक यमुना कटुवालले धन्यवाद दिदै खुशी ब्यक्त गरेकी छिन ।
स्मरणिय होस, अर्किड केयर होमले बिगत ८ वर्षदेखी विभिन्न रोगले ग्रसित, अशक्तहरुलाई उपचार लगायात स्याहार सुसारको कार्य गर्दै आएको छ भने स्ट्रोक केयर, अल्जाइमर डिमेन्सिया केयर, स्पाइनल इन्जुरी केयर , हेड इन्जुरी केयर, बेड रिडन केयर लगायत २४ सै घण्टा नर्सिङ केयरको सुबिधा उपलब्ध गराएको छ भने फिजियोथेरापी, स्पिचथेरापी, डे केयर सेवा पनि उपलब्ध छ ।

Orchid (2)

Orchid (3)

Orchid (4)

Orchid (5)

Orchid (6)