महिलाले घर बनाए १० प्रतिशत नक्सापासमा छुट

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाडौँ, ३१ असार । बुढानीलकण्ठ नगरपालिकाको नीति तथा कार्यक्रम तथा पारित गरिएको छ । आज बसेको नगरसभाले नीति तथा कार्यक्रम पारित गरिएको नगर प्रमुख उद्धव खरेलले जानकारी गराए । उनले महिलालाई घर बनाउँदा नक्सापासमा १० प्रतिशत छुट दिने निर्णय गरिएको बताए।

यसैगरी विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई आयस्रोतमा ७५ प्रतिशत छुट समेत गरिएको छ । नगर प्रमुख खरेलले समय अभावका कारण बजेट पारित गर्न नसकिएको बताए। नगरले पूँजीगततर्फ रु ५२ करोड ९७ लाख ८६ हजार ६१० र चालुतर्फ रु १७ करोड बजेट विनियोजन गरिएको छ ।

यसैगरी फोहोर संकलनका लागि वडा नं. १० मा डस्टविन वितरण गरिएको छ । वडा अध्यक्ष नवराज भट्टराईले वडाका विभिन्न स्थानमा फोहोर संकलन गर्न स्थानीय महिला समूहलाई २५ थान डस्टबिन वितरण गरिएको जानकारी दिए । रासस