नेपाल प्रहरीका ११ डीआईजी र १५ एसएसपीलाई बढुवा गर्न सिफारिस, को-को परे त?

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाण्डौ,३० असार । गृह मन्त्रालयले ११ प्रहरी नायव महानिरीक्षक अर्थात डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको छ । तर, डीआईजी नवराज सिलवाल भने सिफारिसमा परेका छैनन् । आईजीपीका दाबेदार रहेका उहाँले हालेको मुद्दा सर्वोच्च अदालतमा अझै विचाराधीन छ ।
बढुवा सिफारिस समितिको बैठकले एआईजीमा बढुवा गर्न सिफारिस गरेकाहरुमा बमबहादुर भण्डारी र जयबहादुर चन्द छन् । दुबै आईजीपीका दाबेदार थिए । भण्डारीलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरी र चन्दलाई लागू औषध नियन्त्रण ब्यूरो प्रमुख सिफारिस गरिएको छ । यस्तै एआईजीका लागि सिफारिस भएकाहरुमा देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्त, कमल सिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्ट रहेका छन ।

यस्तै,नेपाल प्रहरीका १५ जना एसएसपीलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ । बढुवा सिफारिस समितिले एसएसपी सर्वेन्द्र खनालसहित १५ जनालाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो ।समितिका अनुसार सबैभन्दा बढी अंकसहित खनाललाई पहिलो नम्बरमा राखिएको छ । उनी पछि रमेश खरेल, पुष्कर कार्की, उत्तम कार्की, भोगबहादुर थापा, पुष्कलराज रेग्मी, पवनप्रसाद खरेल, छविलाल जोशी, मनोज न्यौपाने, ज्ञानविक्रम शाह, ठूले राई, शरद चन्द, धीरु बस्नेत, पुष्पचन्द्र रञ्जीत र सुरेशविक्रम शाहलाई बढुवाका लागि सिफारिस गरिएको छ ।

Nepal-Police1