काठमाण्डौ,३० असार । सरकारले सूचना तथा सञ्चार मन्त्रालयबाट डाउनलिंक अनुमति लिई नेपालमा प्रसारण गरिने विदेशी टेलिभिजन च्यानलको प्रसारणमा साउन १ गतेदेखि ‘क्लिन फिड’ (विदेशी विज्ञापन हटाउने व्यवस्था) तत्काल लागू नहुने भएको छ ।
विज्ञापनरहित नीति, २०७३ मा उल्लेखित कतिपय कार्य सम्पादन गर्न बाँकी रहेको हुँदा तत्कालका लागि स्थगित गरिएको मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामचन्द्र ढकालले जानकारी दिए । सञ्चार मन्त्रालयबाट डाउनलिंक अनुमति लिई नेपालमा प्रसारण गरिने विदेशी टेलिभिजन च्यानलको प्रसारण साउन १ गतेदेखि ‘क्लिन फिड’ (विदेशी विज्ञापन हटाउने व्यवस्था) लागू गर्न मन्त्रालयले यही साउन २९ गते सूचना जारी गरेको थियो ।‘विदेशी प्रसारण संस्थाको कार्यक्रम विज्ञापनरहित भएमा मात्र लाउनलिंक अनुमति दिने र सोको नवीकरण गरिने भएकाले विज्ञापनरहित च्यानलको मात्र डाउनलिंक अनुमतिपत्र दिने तथा नवीकरण गराउने’ भनी साउन २९ गते मन्त्रालयले सूचना जारी गरेको थियो ।