अनुत्पादक क्षेत्रमा लगानी कम गर्न बैंक तथा वित्तिय संस्थाहरुलाई राष्ट्र बैंकको निर्देशन

arjun Business/अर्थ ब्यापार , ७ वर्ष अगाडि

काठमाण्डौ,१ साउन । नेपाल राष्ट्र बैंकले मुलुकमा व्यापार घाटा बढ्दै गएकाले अनुत्पादक क्षेत्रमा लगानी कम गर्न बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिनु परेको स्पष्ट पारेको छ । नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले व्यापार घाटा कम गर्ने उद्देश्यका साथ सुनको आयातमा समेत सीमा तोक्नु परेको पनि स्पष्ट पारे ।

आज काठमाडौंमा आयोजित ‘आर्थिक वर्ष २०७४÷७५ को मौद्रिक नीति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले निर्यात् व्यापार बढाउन राष्ट्र बैंकले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन प्रोत्साहनको नीति लिएको पनि स्मरण गराए  । नेपालमा हाल ७ सय ४७ अरव वार्षिक व्यापार घाटा छ । वर्षेनी आयात ७ सय ८० अरव भन्दा बढि हुने गरेको तर निर्यात व्यापार ७५ अरव मात्रै हुने गरेको पनि राष्ट्र बंैंकका डेपुटी गभर्नर शिवाकोटीले उल्लेख गरे । उनले नुनदेखि सुनसम्म आयात गर्नु परेकाले नेपालको व्यापार घाटा बढदै गएको पनि बताए ।

नेपाल राष्ट्र बैंकले सम्पत्ति सुद्धिकरण अभियानलाई कडाईका साथ लागू गर्ने नीति लिने तयारी पनि गरेको छ । डेपुटी गभर्नर शिवाकोटीले मुलुक काचोसूचिमा पर्न नदिन बैंकले आवश्यक नीति लिने स्पष्ट पारे ।