दुग्ध विकास संस्थानलाई ८ महिनामा ६४ लाख मुनाफा

arjun Business/अर्थ ब्यापार , ७ वर्ष अगाडि

काठमाण्डौ१ साउन । दुग्ध विकास संस्थानले चालू आर्थिक वर्षको पछिल्लो ८ महिनाको अवधिमा ६४ लाख मुनाफा आर्जन गरेको छ । संस्थानको ४९ औं स्थापना दिवसको अवसर पारेर काठमाडौंमा आयोजित कार्यक्रममा पछिल्ला ८ महिनामा ६४ लाख मुनाफा आर्जन गरिएको जानकारी दिएको हो । तर संस्थानले दुधको उत्पादनमै कमी भएका कारण माग अनुसारको दुध तयार पार्न भने नसकिएको पनि स्पष्ट पारेको छ । दुध चिसो राख्न र त्यसको गुणस्तर वृद्धि गर्नका लागि पर्याप्त बजेट नभएको पनि संस्थानका महाप्रबन्धक गंगा तिमसिनाले जानकारी दिए । उनले नयाँ संकलन क्षेत्र विकासका लागि पनि संस्थानसँग पर्याप्त पुँजी नभएको पनि स्पष्ट पारे ।

संस्थानले दुध उत्पादन वृद्धिका लागि हेटौडास्थित पशु आहारा उत्पादन कारखाना संकलनका लागि नयाँ मेसिन जडान गरी गाई, भंैसीको दाना ४ टन प्रतिघण्टा उत्पादन गरी चालू आर्थिक वर्षबाटै व्यवसायिक रुपमा विक्रीवितरणको काम सुरु गरिएको पनि जनाएको छ । संस्थानले दुध वृद्धिका लागि दुध कृषकहरुलाई पशु खरिदका लागि वित्तिय संस्थाहरुमार्फत ऋण उपलब्ध गराउने व्यवस्था पनि गर्दै आएको छ । महाप्रबन्धक तिमसिनाले स्थानीय कच्चा दुध खरिद वापत आर्थिक वर्ष २०७०÷७३ मा २ अरव ४३ करोड ४४ लाख ६२ हजार ३ सय २२ रुपैँया खर्च गरिएको पनि स्पष्ट पारे ।