रेबिजः सुई लगाउने नयाँ तरिका सुरु

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , ७ वर्ष अगाडि

काठमाडौँ, ३  साउन । शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पतालले जनावर टोकेपछि लगाउने रेविजविरुद्धको सुई लगाउने नयाँ तरिका सुरु गरेको छ । अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले आइतबारदेखि छालाभित्रसम्म मात्रै लगाउने तरिका अपनाइएको बताए  । पहिले पाखुराबाट भित्र मासुसम्म लगाउने गरिन्थ्यो ।  अस्पतालका अनुसार पहिलेको तरिकाले १ एमएलको सुईले एक जनालाई हुन्थ्या, अब भने यही सुईले पाँच जनालाई लगाउन पुग्छ ।

अस्पतालका वरिष्ठ अहेव सरिता गौतमले दुई वर्षभन्दा कम उमेरका बालबालिका, ज्येष्ठ नागरिक, शरीरको प्रतिरोधात्मक क्षमता कम भएका र कडा खालका रोग लागेका व्यक्तिलाई भने पुरानै तरिकाले मासुभित्रै सुई लगाउनुपर्ने बताए  ।