बाँके,३ साउन । नेपागञ्जका सबै अस्पतालको सेवा आज बन्द गरिएको छ । भेरी अञ्चल अस्पतालमा कार्यरत चिकित्सक श्यामसुन्दर यादवको नीजि अस्पतालमा तोडफोड गर्नेलाई कारबाही नगरेको भन्दै चिकित्सकहरुले सबै सरकारी र नीजि अस्पताल बन्द गराएका हुन् ।
गत असार २८ गते यादवद्वारा सञ्चालित नीजि अस्पतालले सर्वसुलभ सेवा प्रदान नगरेको भन्दै तोडफोड भएको थियो । इमर्जेन्सी बाहेक सबै सेवा बन्द हुँदा बिरामी मर्कामा परेका छन् । शल्यक्रिया समेत रोकिएकाले बिरामीले सास्ती खेप्नु परेको छ ।