मंसीर भित्र सबै तहको निर्वाचन सम्पन्न गर्ने प्रधानमन्त्री देउवाको प्रतिवद्धता

arjun Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाण्डौ,३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार १ सय ६५ वटै क्षेत्रमा प्रतिनिधि सभा निर्वाचन गर्ने पक्षमा रहेको बताएका छन । उनले मंसीर भित्र सबै तहको निर्वाचन सम्पन्न गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

प्रधानमन्त्री देउवाले २ दिन भित्रै निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने उल्लेख गरे । काठमाडौंमा आयोजित ५५ औं नेपाल इन्जिनियर्स एशोसिएसनको वार्षिकउत्सवक कार्यक्रममा उनले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि पनि सरकारले निर्वाचन क्षेत्र निर्धारणको काममा ढिलाई नगर्ने उल्लेख गरे ।उनले मुलुकको भौगोलिक विकटतालाई चिरेर जनताको आधारभूत आवश्यक्ता पूरा हुने गरी निर्माणको काम अघि बढाउन पनि इन्जिनियरहरुसँग आग्रह गरे ।