छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री देउवा र माओबादी अध्यक्ष प्रचण्डबीच समझदारी

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाण्डौ,३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच सरकार सञ्चालन, मन्त्रालयको बाँडफाँड र मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न सत्तारुढ दल काँग्रेस र माओवादी केन्द्रका शीर्ष नेता सम्मिलित बैठकमा थप छलफल गरेर छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने समझदारी बनेको छ । बुधबार पुनः नेताहरुको बैठक बसी छलफललाई अन्तिम रुप दिइने बैठकमा सहभागी माओवादी नेता वर्षमान पुनले जानकारी दिए । बैठकमा प्रधानमन्त्री देउवा, पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष दाहाल, उपप्रधानमन्त्री कृष्णबहादुर महरा, गृहमन्त्री जनार्दन शर्मा, काँग्रेस नेता विमलेन्द्र निधि र रमेश लेखक सहभागी थिए ।